एनआईसी एशिया बैंकको ‘दशैं–तिहार महोत्सव’ «

एनआईसी एशिया बैंकको ‘दशैं–तिहार महोत्सव’

एन आई सी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा आफ्ना ग्राहक महानुभावहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको जनाएको छ । योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुने बैंकले जनाएको छ । जसअनुसार १ असोजदेखि १५ कात्तिकसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५ सयसम्म छुट प्राप्त गर्न बैंकले जनाएको छ । त्यसैगरी सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत तथा मोबाइल बैंकिङ्ग मार्फत क्यूआर भुक्तानी गर्दा १० प्रतिशत वा ३ सयसम्म छुट तथा क्यासब्याज उपलब्ध हुने पनि बैक.ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्