Logo

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (२ असोज) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालन ल्याउँदै छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने क्म्पनीले जनाएको छ ।
यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहने भन्दै कम्पनीले ग्राहकले यी प्याकहरु आइतबार देखि मंगलबार अर्थात २ देखि ४ असोजसम्ममात्र लिन पाउँने जनाएको छ । ३ असोज सोमबार आठौं संविधान दिवस हो । ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित ५९ खरिद गर्न सक्ने तथा यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउने एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्