Logo

एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एन.बी.आई) बीच तालिक कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता अनुसार एन.बी.आईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेको तथा देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको पनि बैंकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्