दसैं किनमेल गर्दा आईफोन १३ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ । १ असोजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिने बैंकले जनाएको छ । योजनामा सहभागी हुनको लागि असोज महिनाभर ५ सय वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्ने भन्दै बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् प्रा.लि.तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लिसँगको सहकार्यमा ल्याएको पनि जनाएको छ ।