Logo

एमसीसी चीनको प्रतिवाद गर्न आएको होइन: अर्थविद् डा. वाग्ले

अर्थविद् डा.स्वर्णिम वाग्लले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नका लागि नआएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा.वाग्लले लामो समयको प्रक्रियाबाट अमेरिकी सहयोग एमसीसी चीनको प्रतिवाद गर्नका लागि नेपालको चाहनामा एमसीसी आएको बताएका हुन् । उनले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको बताए । डा. वाग्लले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा वास्तविकता जानकारी नभएर हाउगुजी हुन थालेको बताए ।
उनले नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एसियाली विकास बैंक,विश्व बैंक हो भन्ने मानसिकता रहेको उल्लेख गरे । डा.वाग्लेले नेपालले ४० वर्षको लागि १ प्रतिशत ब्याजमा ऋण पाउँदासमेत खर्च गर्न नसकेको उदाहरण रहेको भन्दै खर्च गर्न नसकेको देख्दा आफू सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर धेरै भौतिक पूर्वाधार बनाउने थिए ? जस्तो लाग्ने गरेको बताए । उनले अब वैदेशीक दातृ निकायहरूले विगतको जस्तो नेपाललाई सस्तो ब्याजमा ठूलो ऋण दिने झ्याल बन्द हुने अवस्थामा पुगेको दाबी गरे ।
उनले भने,‘नेपालले २०११ देखि एमसीसीको लागि प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको हो । अमेरिकाले चीनसँग प्रतिवाद गर्नको लागि एमसीसीमा हस्ताक्षर गरेको होइन । लामो समयको प्रक्रिया हुँदाहुँदै आएको हो । नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा हाउगुजी नै भएको छ । नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एसियाली विकास बैंक, विश्व बैंक हो भन्ने मानसिकतामा छौं । नेपाल विकासोन्मुख देश हुँदैमा वैदेशिक सहयोगमा असर गर्दैन । नेपालले ४० वर्षको लोन १ प्रतिशत ब्याजमा पाउँदा समेत खर्च गर्न नसक्ने अवस्थामा छौं । हामी सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर कति धेरै भौतिक पूर्वाधार बनाइन्थ्यो जस्तो लाग्छ । अब त्यो झ्याल बन्द हुनेवाला छ । अब धेरै ठूलो रकममा लोन पाउनेवाला छैनौं । बिस्तारै नेपाल पनि माइक्रो अर्थतन्त्र राखेर निजी क्षेत्रको लगानी गर्ने चरणमा हामी पुग्दैछौं । वैदेशिक ऋण कम हुँदै गएपछि बाहिर स्रोत खोज्नुपर्छ । त्यसपछि अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुन्छ । यसले सरकारको विकास गर्ने सोच हो भने योजनाहरू बेचेलो बन्दै जान्छन् । होइन विदेशबाट आएको रेमिट्यान्स्ले चलाउँला,कर बढाउँला, कर्मचारी र नेता पालिएकै छ भन्ने हो भने हो । तर युवा पुस्तामा ३० वर्षमा मुलुक यो स्थानमा पुग्नुपर्छ,प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने हो भने दौडनुपर्छ । त्यसैले अबको पाँच,७ वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको छ ।’
उनले अब वैदेशिक ऋण नपाएर आन्तरिक स्रोतबाट लगानी खोज्नुपर्ने अवस्था आउनसक्ने बताए । डा. वाग्लले त्यस्तो अवस्था भए अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुने बताए । उनले युवा पुस्तामा ३० वर्षमा मुलुकको प्रतिव्यक्ति आय ४ हजार डलर पुर्‍याउने गरी पाँच, ७ वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्