आइएमई पेसँग डिजिटल दशैं तिहार

दशैं, तिहार तथा छठको पावन अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक, आइएमई पेले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७९ साल १ असोजदेखि १५ कार्तिकेसम्म जम्मा ४६ दिनसम्म कायम हुने कम्पनीले जानकारी दिएको छ ।
अनलाइ सपिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भौचर कोड देखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गर्ने पनि जनाएको छ ।