नि:शुल्क ई–सिम वितरण प्रारम्भ

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट ३१ भदौदेखि कम्पनीका ग्राहकहरुलाई नि:शुल्क ई–सिम वितरण प्रारम्भ गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने जनाएको छ ।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई नि:शुल्क ई–सिममा परिवर्तन गर्न सकिने तथा नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध नगराइने कम्पनीले जनाएको छ ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।