Logo

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुने बैंकले जनाएको छ । सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैकले अपेक्षा गरेको छ ।
उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्