Logo

कोका–कोलाको दसैंँ विशेष सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन

कोका–कोलाले यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ । दसैंँको परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” ल्याइएको कोका–कोलाले जनाएको छ ।
कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको भन्दै हरेक वर्षको दसैंँमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँँ र रोमान्चक थिम सहित क्याम्पेन गर्दै आएको पनि स्मरण गरेको छ । आफ्नो नेपाली उपभोक्ताहरुको महान चाड दसैंँलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैंँको समयमा बजारमा ल्याउने गर्छ ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, “यो वर्षको “सम्बन्ध उत्सव स्वादसँग” लाई लिएर म एकदमै उत्साहित छु किनकी यसले ठ्याक्कै दसैंँको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको छ ।”
दसैंँ विशेष लेबलको साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको जनाएको छ । त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “नेपालीहरुको लागि दसैंँ जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागि पनि छ ।”
दसैंँको अभिन्न हिस्साको रुपमा खानेकुरा रहेकोले कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ । यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गर्नुपर्ने तथा यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको साथै उपभोक्ताहरुले पनि कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमा अपलोड गर्न सक्नेछन् । यी मध्यबाट ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्