जुम्ली स्याउ ढुवानीमा राज्यले सहुलिय दिनुपर्नेमा जोड

जुम्लामा तेस्रो स्याउ महोत्सव सम्पन्न भएको छ । जुम्ली स्याउको बजार प्रवद्र्धनका लागि आयोजित दुईदिने महोत्सव सम्पन्न भएको हो । महोत्सवमा किसानले विभिन्न प्रकारका १४ वटा स्याउका स्टलमा राखिएको थियो । भने स्याउबाट उत्पादन भएका जाम जेलि, वाइनलगायतका परिकार पनि बिक्री तथा अवलोनका लागि राखिएको छ ।
महोत्सवमा राखिएका स्याउ र स्याउका परिकारको अवलोकन गरिएको छ । कृषि विज्ञसहित अतिथिहरूले स्याउको अवलोकन गरेका छन् । उत्कृष्ट हुने किसानहरू पुरस्कार पाउने छन् ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले जुम्लाको आर्थिक समृद्धिको आधार स्याउ मात्रै भएकाले उत्पादन तथा बजारीकरणमा सरकारले सहजीकरण गर्नुपर्ने बताए ।
जुम्ली किसानको मेहनतले स्याउ उत्पादन वृद्धि हुँदै गए पनि बजारको अभावले थन्कीने चिन्ता छ । उनले भने, ‘किसानलाई अनुदान, ढुवानीमा सहुलियत, स्याउ खेती विस्तारमा सरकारले लगानी बढाउनुपर्छ । स्याउ महोत्सवलाइ आगामि दिनमा पनि निरन्तरता दिन जरुरी छ ।’
महोत्सवमा बोल्दै प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केसरीले जुम्लाको स्याउको ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने बताए । उनले भने, ‘जुम्ला भन्नेबित्तिकै स्याउले चिनिन्छ । यहाँको स्याउको उत्पादन वृद्धि, ग्रेडिङ र बजारीकरणमा राज्यले अनुदान र ढुवानीमा सहुलिय दिनुपर्छ ।’
नेपालको अर्थतन्त्र आयातमुखी छ । नेपालको अर्थतन्त्र सुधारका लागि सरकारले कृषि क्षेत्रमा ठूलो लगानि गरेको छ । जुम्लाको स्याउले जुम्लाको मात्रै नभई मुलुककै आर्थिक समृद्धिमा टेवा पुराउने सम्भावना छ ।
किसान समृद्धि नभई मुलुक समृद्धि नहुने तथ्यलाई आधार मानेर किसानको जीविकोपार्जनमा सुधार आउने गरि ढुवानीमा सहुलिय दिन तिनै तहका सरकारले ठोस नीति बनाउनु पर्नेमा प्रजिअ प्रसाईंले जोड दिए ।
आगामी दिनमा स्याउ महोत्सव जुम्लामा मात्र नभई सबै प्रदेशका राजधानी र काठमाडांैमा हुनुपर्ने उल्लेख गरे । मुलुकको अर्थतन्त्रमा योगदान दिने गरी स्याउ उत्पादनमा जोड र स्याउ उत्पादनलाई बढाउनसमेत जोड दिइएको छ ।
कान्जिरोवा टाइम्सका प्रकाशक महेन्द्र कार्कीले जुम्ली स्याउको बजारीकरण र जुम्लाको आर्थिक समृद्धिका रहेक वर्ष झै स्याउ महोत्सवको निरन्तरता दिएको बताए । उनका अनुसार स्याउले जुम्लाको अर्थतन्त्रमा ठूलो योगदान दिने भएकोले पनि उत्पादन वृद्धि र बजार प्रवद्र्धनका लागि महोत्सव आवश्यक छ ।