Logo

गेट वे पेमेन्ट सर्भिस र सनराइज् बैंकबीच सम्झौता

सनराइज् बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रा।लि। संग सम्झौता गरेको छ । सन्राइज बैंकको केन्द्रिय कार्यालय गैहि«धारामा आयोजित एक समारोह बिच सन्राइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिस प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्र आदान प्रदान गरेका थिए ।
२१औं शताब्दीमा विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोवार भईरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको हुँदा सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपीआइ नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको जनाएको छ । सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत सन्राइज बैंकमा रहेकै बैंकखातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले सन्राइज बैंकका मर्चेन्टहरुमा भारतिय बैंककै एप मार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ । यस सेवाले भारतबाट प्राप्त हुने बिप्रेषण सेवा लाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्