समृद्धि फाइनान्सको बनेपामा शाखा कार्यालय «

समृद्धि फाइनान्सको बनेपामा शाखा कार्यालय

समृद्धि फाइनान्सले आफ्नो सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन एक औपचारीक कार्यक्रम गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धर सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराउएका थिए ।

प्रतिक्रिया दिनुहोस्