सानिमा बैंक, दराजबीच विशेष छुटमा सहकार्य «

सानिमा बैंक, दराजबीच विशेष छुटमा सहकार्य

महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने भन्दै बैंकले ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने तथा छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्ने पनि बैंकले जनाएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्