जावासँग दशैं र तिहार

आधुनिक र आकर्षक मोटरसाइकल जावाले यस चाडपर्वको मौसममा नयाँ ग्राहकहरूका लागि अभूतपूर्व अफर ल्याएको छ । जावा नेपालले तपाईंलाई सर्वाधिक मनपर्ने जावा ९ प्रतिशतको शानदार ब्याज दरमा ल्याएको भन्दै कम्पनीले यस चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा नि:शुल्क प्रोफेशनल राइडिङ ज्याकेट र नि:शुल्क हेल्मेट पनि प्राप्त गर्ने जनाएको छ । कम्पनीले तपाइँको गाडीको लागि सर्वाधिक मूल्याङ्कन सहित इजी एक्सचेन्ज सुविधा पनि उपलब्ध गराउँदै आएको पनि जनाएको छ । ९ प्रतिशतको न्यूनतम ब्याज दर संग, आफ्नो मनपर्ने जावा प्राप्त गर्न अब अझ सजिलो भएको भन्दै कम्पनीले फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा यो सुबिधा ल्याइएको जनाएको छ ।