Logo

बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज

कमलादी काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७औं शाखा संचालनमा ल्याएको छ । मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगंजको घण्टाघर लिंकरोडमा फाइनान्सले १७ औं शाखा संचालनमा ल्याइ वित्तीय कारोवारको सुरु गरेको जनाएको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
शाखा उद्घाटन कार्यक्रममा वीरगंजका प्रतिष्ठित ब्यापारी, ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थितिमा रहेको थियो । असोज भित्र १८ औं शाखाको रुपमा सुनसरी जिल्लाको ईटहरीमा शाखा खोलिनुका साथै निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी देशको सातै प्रदेशमा आप्mनो शाखा संजाल पुर्याउने फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्