Logo

चिनियाँ पाहुना भेटघाट र घुमघाममा व्यस्त

?????????? ?????????? ?????? ???? ?? ?????? ????????? ????????? ????????, ?? ??? ?????????? ?????????? ?????????? ?????? ?????????? ??? ???? ??????? ????????? ??? ?????????? ????? ??????? ???????? ?????? ?? ????????, ?????? ????? ??????? ?? ?????? ? ??????: ???? ???????, ????

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु बुधबार पनि उच्चस्तीय भेटवार्ता र घुमघाममा व्यस्त रहे । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे भने भक्तपुर दरबार स्क्वायरको भ्रमण गरे ।
अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा राष्ट्रपति र अध्यक्ष चान्शुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेकी थिइन् । सो अवसरमा अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताएकी थिइन् । राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उनको भनाइ थियो ।
भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहकार्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिएका थिए ।
बुधबार बिहान भने चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुन:निर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

नेपालको चार दिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकङग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु बुधबार भक्तपुर दरबार क्षेत्र अवलोकन गरेर फर्कनु अगाडि संघीय सांसद प्रेम सुवाललाई उपहार प्रदान गर्दै । तस्विर : रमेश गिरी, रासस

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
मंगलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । मंगलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
मंगलबार नै दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्