यसपालीको चाड, सोनामको साथ «

यसपालीको चाड, सोनामको साथ

२५ भदौदेखि १४ असोजसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालीको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ । यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको जनाएको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने भन्दै कम्पनीले विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको पनि जनाएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा सोनमका सोरुम छन् । साथै बुटवलमा यसै दशैभन्दा पहिला सोनमका सोरुम खुल्दै छ ।

प्रतिक्रिया दिनुहोस्