रेमण्डको सातौं शोरुम गोल्फुटारमा

सर्टिग सुटिग ब्राण्ड रेमण्डले नेपालमा आफ्नो सातौं शोरुम गोल्फुटार ६, बुढानिलकण्ठ काठमाडौंमा सोमबार पुुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काद्धारा उद्घाटन गरेकोे छ । नयाँ शोरुममा टेलरिंग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध हुने कम्पनीको दाबी छ ।
रेमण्ड ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले (पराबैजनी किरणले) समेत कुनै असर नपार्ने अत्याधुनिक बिशेषता युक्त गुणस्तरिय कपडाहरु रहेको शोरुमले जनाएको छ । यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरि, महेर, आन्गोरा जस्ता उच्च कोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका रेमण्डका उत्पादनहरु अन्य ब्राण्डको उत्पादन भन्दा स्तरिय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको पनि रेमण्डले जनाएको छ । सर्टिग सुटिगका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री अष्टे«लियाबाट ल्याइन्छ साथै उल मार्क गुणस्तर चिन्ह प्राप्त छ ।
रेमण्डका अध्यक्ष संजय अधिकारी आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताउँछन् । त्यसैले उपभोक्ताहरुलाई उनी यस ब्राण्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेमण्ड ब्राण्ड खरिद गर्न सक्ने बताउँछन् ।