ग्लोबल आइएमइ क्यापिटल पनि अब एनपीएसमा

ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचको लागि सम्झौता भएको छ । सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
जीआईसीएलले विगत ६ वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसीएचएल आइपीएस प्रणालीको प्रयोग गर्दै आएको कम्पनीले जनाएको छ ।