Logo

दिक्तेल–आहाले सडक कालोपत्रे गर्न ज्ञापनपत्र

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले (१०.९७४) किलोमिटर सडक कालोपत्रेको काम तत्काल सुचारु गर्न माग गरेका छन्
हाटडाँडा टोल पूर्वाधार समिति तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाइमा गएका स्थानीयबासीले दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रे काम तत्काल सुचारु गर्न माग गरेका हुन्
२०७५ सालमा १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको डीबीएसीटी कालोपत्रे काम अलपत्र परेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । पटकपटक म्याद थप गर्दा पनि निर्माण कम्पनी याक्थुहाङ/साव सिरुवा जेभीले कालोपत्रेको काम अलपत्र पारेको भन्दै स्थानीयले आगामी २६ भदौभित्र काम सुचारु गराउन ध्यानाकर्षण गराएका हुन् ।
स्थानीय सरकार र प्रशासनले सात दिनभित्र निर्माण सुचारु नगरेमा दोसो चरणको आन्दोलनमा यर्ने र बाटो बन्द गर्नसमेत बाध्य हुने निणर्य गरेको हाटडाँडा टोल विकास समितिका अध्यक्ष किसनकुमार राईले बताए ।
दिक्तेल खानीडाँडा विमानस्थल हुँदै उदयपुर गाईघाट जोडने छोटो दूरीको मार्गका रूपमा स्थापित हुने सडक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भ्याटसहित २१ करोड एक लाख ८८ हजारमा कालोपत्रे सुरु भएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय खोटाङले सो आयोजना हेर्दै आएको थियो । सो कार्यालयलाई प्राधिकरणले स्थानीय पूर्वाधार बिभागले डोलीडारलाई हस्तारण गरेपछि काममा समस्या भएको र भुक्तानी नभएको कारण निर्माण सुचारु गर्न समस्या भएको निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताए । हालसम्म कालोपत्रेको काम करिब ६० प्रतिशत प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहोस्