Logo

गुरुयोजना निर्माण गर्दै छाँयानाथ

रारा तालले चिनिने मुगु जिल्लाको एकमात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाले नागरिकको सहजताका लागि जलउपभोग गुरुयोजना निर्माण सुरु गरेको छ ।
छाँयानाथ रारा नगरपालिकाको आयोजना र यूएसएआईडी कर्णाली जलपरियोजनाको पहलमा रारा जलाधार क्षेत्रअन्तर्गत छाँयानाथ रारा नगरपालिकाभित्र रहेका १ देखि १४ वडाभित्र रहेका जलस्रोतको पहिचान गरी गुरुयोजना निर्माण गर्न लागेको हो । योजनामा सिँचाइ, परम्परागत घट्ट, ऊर्जा, खानेपानी, वातावरण संरक्षण क्षेत्र समेटिने छ । वडादेखि बस्ती हँुदै नगरपालिकाको समग्र जलस्रोतमा योजना बद्धरूपमा अघि बढेर नपरपालिकाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले गुरुयोजना सुरु गरिएको यूएसएआईडी कर्णाली जलपरियोजना जल सल्लाहकार कृष्णबहादुर शाहीले जानकारी दिए । नगरपालिकाको आयोजना र यूएसएआईडी कर्णाली जलपरियोजनाको आर्थिक सहयोग र स्थानीय संस्था हिरिस्डेक मुगुको प्राविधिक सहयोगमा नगरपालिकाको जलउपभोग गुरुयोजना बनाइने शाहीले बताए ।
छाँयानाथ रारा नगरपालिका धेरै जलस्रोत भएको पालिका हो । जलस्रोतबाट निकै ठूलो सम्भावना भए तापनि जलस्रोतको पहिचान नगरी विगतका वर्षमा हचुवाभरमा जलउपभोगका आयोजना सञ्चालन गर्दा दीर्घकालीन भरपर्दाे भएका थिएनन् । दीर्घकालीन पनि नहुने र वातावरणमा पनि असर पर्ने भएको हुँदा अबका दिनमा नगरपालिकाभित्र रहेका सबै समुदायका मानिसले ६१ प्रतिशत सेवा लिन पाउनेछन् । आगामी दिनमा खानेपानी, विद्युत, ऊर्जा, वातावरण, सिँचाइलगायतका क्षेत्रमा गुरुयोजनामार्फत जुनसुकै कार्य सञ्चालन गरी नगरको मुहार फेर्न जिल्लाकै पहिलो जलगुरुगोजना निर्माण सुरु गरेको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।

प्रतिक्रिया दिनुहोस्