नेपाल खेलकुद पत्रकार मञ्चदद्वारा दुई पत्रकारलाई सम्मान «

नेपाल खेलकुद पत्रकार मञ्चदद्वारा दुई पत्रकारलाई सम्मान

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सोमवार अग्रज पत्रकारीता पुरस्कार जयदेव गौतम र सुमन बम्जन युवा खेल पत्रकारिता पुरस्कार गीता राईलाई प्रदान गरेको छ ।
हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १/१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७ औं स्थापना दिवस मनाउने क्रममा मञ्चले समान एक जना अग्रज र युवा खेल पत्रकारलाई सम्मान गरेको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय खेलकुदपरिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । जयदेवलाई नगद २५ हजार रुपैयाँ र युवा पत्रकार गीतालाई एक थान ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।
एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित जयदेव गौतमले करिब तीन दशकको खेल पत्रकारिता यात्रालाई स्मरण गराएकोमा मञ्चलाई धन्यवाद व्यक्त गरे । उनले पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताए । खेलमा विश्लेषणात्मक र अनुसन्धानात्मक समाचार लेखनमा अग्रसर भइरहन सबै खेल पत्रकारलाई आग्रह पनि गौतमले गर्नुभयो । युवा पत्रकारिताबाट सम्मानित गीताले यो पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको र साथै प्रोत्साहन पनि मिलेको प्रतिक्रिया दिए । सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्