श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँट «

श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँट

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति सेयर १०० अंकित दरको ३,९३,७५० कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बांकि भएको ३,६८,५९० कित्ता १५ भदौदेखि १९ भदौसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १८,३८,७५१ दरखास्त फारामबाट कुल १,९९,७२,६८० कित्ताको लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ । उक्त निष्काशनमा आवेदन दिने १८,३८,७५१ जना आवेदकहरु मध्ये रित नपुगेका १,३१५ जना आवेदकहरुलाई बाँडफाँटमा समावेश नगरी बांकि १८,३७,४३६ जना आवेदकहरुलाई एउटै समुहमा राखि ३६,८५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३,६८,५९० कित्ता सेयर नियामक निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंमा सेयर बाँडफाँट सम्पन्न भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्