एससिटीको दमदार दसैँ धमाका «

एससिटीको दमदार दसैँ धमाका

महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा प्वाइन्ट अफ सेल्स (पोस)मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास्ब्याक प्राप्त गर्न सकिने जनाएको छ । हालसम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई कार्ड प्राप्त गरि उक्त सुबिधा लिन सक्ने कम्पनीले जनाएको छ । साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकले पनि यो अफर मार्फत १,२०० सम्म क्यास्ब्याक प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ । मात्र रू. १,५०० बराबरको पोस कारोबारमा रू. ५०० र रू. ३,००० को कारोबार मा रू. १,००० क्यास्ब्याक प्राप्त गर्न सकिने यस अफरमार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३ प्रतिशतसम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेभन्दै कम्पनीले यो अफर असोज महिना भरि लागु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्