पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रजापति विजयी

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । शनिबार बेलुका पोखरामा सम्पन्न भएको संघको ३४ औं अधिवेशनबाट अध्यक्ष प्रजापतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७ सय १६ मत अन्तरले पराजित गर्दै आगामी दुई वर्षको लागि अध्यक्षमा विजयी भएका हुन् ।
पवनले १ हजार ६ सय १३ मत ल्याउँदा अध्यक्षका प्रत्यासी पोखरेलले ८ सय ९७ मत प्राप्त गरे । दुई प्यानलमा प्रतिस्पर्धा हुँदा प्रजापतिको प्यानलका अधिकांश पदाधिकारी र सदस्यमा जित हासिल गरेका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला विजयी भएका छन् । त्यस्तै अर्जुन प्यानलका उद्योग उपाध्यक्षमा देवेन्द्र केसीको जित भएको छ । अन्य पादाधिकारी सबै प्रजापति प्यानलका हुन् ।
अन्य सदस्यहरूमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदिप प्रधानाङ, दीलिपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोज कुमार श्रेष्ठ र सुदिप ओझा छन् । संघमा ३ हजार १ सय ४३ जना मतदाता रहेकोमा २ हजार ५ सय ४९ जनाले मतदानमा गरेका थिए । संघका सदस्य रहेका ३० वटा वस्तुगत संघले मतदान गरेका थिए भने एसोसियटमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल निर्विरोध हुँदा औद्योगिक सदस्यमा युवकबहादुर बस्नेत पनि निर्विरोध चयन भए ।