कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने «

कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने

सहरी विकासमन्त्री मेटमणि चौधरीले धोबी खोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन् ।
आइतबार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले धोबीखोला कोरिडोर निर्माणका लागि अब बस्ने मन्त्रिपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए । मन्त्री चौधरीले कोरिडोर निर्माणमा सरकारले जनताहरू त्यहाँबाट बिस्थापित हुनुनपर्ने गरी बनाउने प्रतिबद्धता जनाए ।
उनले धोबी खोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद् गगनकुमार थापाले विषेश पहल गर्नुपर्ने बताए । मन्त्री चौधरीले संसद थापाको पहललाई सहरी मन्त्रालयले शतप्रतिशतभन्दा बढी सहयोग गर्न तयार रहेको बताए ।
उनले भने, ‘धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद् गगनकुमार थापाले विषेश पहल गर्नुपर्छ । उहाँको निर्वाचन क्षेत्र पनि हो । उहाँलाई निर्वाचनमा भोट हालेका जनता पनि हुन । गगनकुमार थापालाई मन्त्रालयले १०० प्रतिशत भन्दा माथि सहयोग गर्न तयार छ । यो कोरिडोलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारीमा छौं । कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरूको माग अनुसार समस्याको समाधान गर्न सकिन्छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छुट्टै आयोजना बनाएर कोरिडोर बनाउने प्रश्ताव पास हुन्छ । कोरिडोरलाई विवादित बनाउनेभन्दा पनि समस्या समाधान गर्ने मात्रै कुरा गरौं । जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न । यस्ता छलफल जनतालाई दिने खालको नगर्न हुँदैन ।’
मन्त्री चौधरीले कोरिडोरको विषयमा आफूले कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरूको माग अनुसार समस्याको समाधान गर्ने बताए । उनले कोरिडोरलाई विवादित बनाउनेभन्दा पनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्