दिगो पूर्वाधार लगानी फोरम–२०२२ हुने «

दिगो पूर्वाधार लगानी फोरम–२०२२ हुने

लगानी बोर्डले दिगो पूर्वाधार लगानी फोरम सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरम–२०२२’ आयोजना गर्ने भएको छ । पूर्वाधार संरचनाहरुको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उदेश्यले बोर्डले २९ भदौमा काठमाडौंमा उक्त फोरमको आयोजना गर्न लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए ।
नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेका प्रतिबद्धता पूरा गर्न स्रोत र साधनको परिचालनमा कोशेढुंगा सावित हुने अपेक्षा गर्दै बोर्डले जारी गरेको विज्ञप्तिका अनुसार लगानीकर्ता, निजी क्षेत्र, विकास साझेदार, नीति निर्माता, बैंक तथा वित्तीय संस्था, विज्ञ/विशेषज्ञलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तित्वहरू, विकास तथा पूवाधार क्षेत्रका ५ सयभन्दा बढी विज्ञहरुको उपस्थिति हुनेछ ।
बोर्डका अनुसार कार्यक्रमको उद्घाटन प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले गर्नेछन् । एक दिने फोरममा सार्वजनिक–निजी साझेदारी (पीपीपी), परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरूबीचमा सैद्धान्तिक बहस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्