प्रधानमन्त्री नर्भिकमा «

प्रधानमन्त्री नर्भिकमा

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका छन् ।
लामो समयदेखि मिर्गौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रम देउवा पुगेका हुन् ।
शनिबार ११:३७ मा नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगतिलगायतको विषयमा चासो दिएका थिए । करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी प्रम देउवा फर्किएका थिए ।
धनगढीका ८१ वर्षीय बलायर दुवै मिर्गाैलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्