मल नपाउँदा सुनसरीका जुटकिसान चिन्तित «

मल नपाउँदा सुनसरीका जुटकिसान चिन्तित

??? ?????????? ????? … ??????, ?? ???? ????????? ????????? ?????? ???????????? ????? ??? ???????? ????? ? ???? ???? ??? ?????????? ??????? ???????? ??????????? ? ? ?????? : ???? ????????, ????

अघिल्ला वर्षहरुमा जुट (सनपाट) खेतीबाट मनग्गै आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरु यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् ।
मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरु उत्पादन समेत घट्न पुग्दा थप चिन्तामा छन । उत्पादन भएको जुटको मूल्यमा पनि गरावट आएपछि आफूहरुको रुचि समेत सो खेतीमा घटदै गएको किसानहरुको भनाइ छ ।
भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढन गएको तर आम्दानी कम हुने गरेको उनीहरुको पीडा छ ।
सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन्, “सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउँनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हौं ।”
खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन् । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ ।
रामकृपाल भन्छन्, “पेशा छोड्न अन्य विकल्प छैन । भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्न समेत गाह्रो छ । जसको प्रभाव उत्पादनमा कमी स्वभाविक हो । तर पनि बाध्य छौं । जसले खर्च धान्नै धौधौ छ ।” विगतका वर्षको दाँजोमा जुट खेतीमा आर्कषण कम हुँदै गएपनि केही किसान भने जसोतसो पेशा धानी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्