साउनमा ४४ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो एक महिना अर्थात साउनमा ४४ करोड ५३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयको ४० करोड ४० लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेपनि साउनमा ११०.२२ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले बताए ।
कार्यालयले लक्ष्य भन्दा ४ करोड १२ लाख बढी राजस्व संकलन गर्न सफल भएको हो । त्यसैगरी कार्यालयले साउन महिनामा आयकरतर्फ १०४.०९ प्रतिशत प्रगती गरेको छ अर्थात १७ करोड ९१ लाख ८० हजार राजस्व संकलन गर्ने लक्ष्य भएपनि १८ करोड ६५ लाख २ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत शर्माले बताए । व्याजतर्फ कार्यालयले साउनमा मात्र १०८.३८ प्रतिशत प्रगती गरेको छ, अर्थात ६ करोड ३९ हजार राजस्व संकलनको लक्ष्य भएपनि साउनमा ६ करोड ५० लाख ६७ हजार रुपैया राजस्व संकलन भएको उनले जनाए ।
मूल्य अभिवृद्धि करतर्फ १०८.२३ प्रतिशतले प्रगती भएको छ । जसमध्ये १४ करोड १९ लाख १४ हजार राजस्व संकलनको लक्ष्य भएपनि १५ करोड ३५ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
व्यवसायिक घर वहाल करतर्फ नयाँ आर्थिक वर्ष सुरु भएकोले यसमा न्यून ३७.३९ प्रतिशत अर्थात ८७ लाख ९४ हजार राजस्व संकलनको लक्ष्य भएपनि ३२ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
साउनमा अन्त शुल्क: तर्फ २६१ प्रतिशतले प्रगती भएको छ । साउन महिनामा १ करोड ४१ लाख ४१ हजार राजस्व संकलनको लक्ष्य रहेपनि कार्यालयले ३ करोड ६९ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । गत वर्ष कार्यालयले ४ अर्ब ८९ करोड ९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।