राकुटेन भाइबरको क्रिकेट भाइब्स च्यानल सुरु हुने

आउँदो महिनामा क्रिकेट प्रेमीहरूले राकुटेन भाइबरको तर्फबाट एसिया कप क्वीज, क्रिकेट भाइब्स च्यानल टेकओभर, विशेष क्रिकेट टक्स एपिसोड र सर्वाधिक प्रतिक्षा गरिएको क्रिकेट सुपरबटको लञ्जजस्ता गतिविधिहरूको लामो कार्यसूची अपेक्षा गर्न सक्नेछन् ।
राकुटेन भाइबरले क्रिकेट प्रेमीहरूलाई वर्षको अन्त्यसम्म श्रृंखलात्मक रूपमा रमाइलो गतिविधिको अनुपम अनुभव दिने काम जारी राखेको छ । भाइबरले क्रिकेट भाइब्स च्यानलसँग नेपालको मनपर्ने खेलमा आफ्नो छाप बलियो बनाइरहँदा एपले क्रिकेट कुराकानी, रमाइला क्वीजहरू, र क्रिकेट सुपरबटको लञ्चजस्ता धेरै श्रृंखलाहरूको तयारी गरिरहेको जनाएको छ ।
नयाँ सुपरबट स्वचालित फिचर हो जुन चाँडै नै च्यानलमा समावेश गरिने छ जहाँ क्रिकेट प्रेमीले फिक्सरको आन्नद लिन सक्ने छन् । फिक्सरले सदस्यहरूलाई आउँदो क्रिकेट गेमहरू, लाइभ अपडेट, म्याच भविष्यवाणीबारे पहिलो नजर प्रदान गर्दछ ।
उत्साहलाई कायम राख्नु, सबैभन्दा ठूलो क्रिकेटप्रेमी निर्धारण गर्नका लागि भाइबरले दैनिकरूपमा प्रतिस्पर्धा पनि सञ्चालन गर्नेछ । च्यानलमा क्रिकेटसम्बन्धी प्रश्नहरूको उत्तर दिई सदस्यहरूले हरेक दिन डिस्काउण्ट भौचर जित्ने अवसर पाउने कम्पनीको भनाइ छ ।