एभरेष्ट बैंक र दराजबीच सम्झौता «

एभरेष्ट बैंक र दराजबीच सम्झौता

एभरेष्ट बैंक र दराजबीच ‘दराज दसैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ ।
बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै २९ भदौबाट दराजबाट किनमेल गर्दा कार्ड वाहकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ । अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट दिने बैंकले जनाएको छ । बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ ।
बैंकले यस सम्झौताले दराजसँगै एभरेष्ट कार्डवाहक ग्राहकलाई छुट्टै उत्साह थपिने जनाएको छ । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १२ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।=[

प्रतिक्रिया दिनुहोस्