आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता «

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश विक्रम थापाले हस्ताक्षर गरेका छन् । आइएमई जनरल इन्स्योरेन्सबाट बीवाइडी ब्रान्डका सवारी साधनको बिमा गरेका ग्राहकरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमासाइमेक्स इंकको सहकार्यमा सहज सेवा पाउने छन् ।
साइमेक्स इंकबाट बिक्री वितरण हुने बीवाइडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बिमा आइएमई जनरल इन्स्योरेन्सले गर्ने र बिमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगदरहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनीबीच सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्