एभरेष्ट बैंकद्वारा भिसा डेबिट कार्डको स्वरुप परिवर्तन

एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ । नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ ।
बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ । बैंकको सो कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोवार गर्न सकिन्छ ।
बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने बताए ।