अजोड इन्स्योरेन्स र इ–बिमाबीच सम्झौता «

अजोड इन्स्योरेन्स र इ–बिमाबीच सम्झौता

पहिलो डिजिटल बिमा सेवा प्रदायक इ–बिमा र अजोड इन्स्योरेन्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा इ–बिमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
निर्देशक ज्ञवालीले अजोडसँगको सहकार्यले नेपाली बिमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउने बताए । अजोडका प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, “हामी सर्वसाधारणलाई बिमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास गर्छौं र इ–बिमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्म जस्तो देखिन्छ । हामी यस आबद्घसँग खुसी र आशावादी छौं ।”
सम्झौता अनुसार इ–बिमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बिमा उत्पादनलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरि सर्वसाधारणलाई बिमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउने छ ।
इ–बिमाले नेपालमा भएका सबै बिमा सम्बन्धी सेवाका लागि एक– स्टप समाधान हुने र देशका सबै बिमा प्रदायकलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ ।

प्रतिक्रिया दिनुहोस्