Logo

चांगन अटोको दसैं डिलाइट अफर सार्वजनिक

चांगन अटो नेपालले दसैं–तिहारको उपलक्ष्यमा ग्राहकहरु माझ दसैं डिलाइट अफर ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले चांगनको हन्टर र एल्सभीन १५ र ८ लाख डाउन पेमेन्टमै प्राप्त गर्नेछन् भने अन्य विविध अफरहरुको लाभ उठाउन सक्ने बताइएको छ । चाडबाडको हर्षोल्लासलाई मध्यनजर गर्दै ग्राहकहरुमाझ विविध अफरहरु ल्याइएको कम्पनीले जनाएको छ ।
अन्य अफरअन्तर्गत ग्राहकले आकर्षक छुट, एक लाखसम्मको एक्सचेन्ज बोनस, एक वर्ष निशुल्क बिमा र एक वर्ष नि:शुल्क रोड ट्याक्स प्राप्त गर्नेछन् । अफर सीमित अवधिका लागि लागु हुनेछ भने सर्त तथा नियमहरु पनि लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्