Logo

निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई प्रचण्डको निर्देशन

sf7df8f}F, ! ;fpg . g]kfn sDo’lgi6 kf6L{ dfcf]jfbL s]G›sf cWoIf Pjd k”j{ k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ef/tsf] tLg lbg] e|d0f ;s]/ kmls{g]qmddf lqe’jg cGt//fli6«o ljdfg:yndf ;~rf/sdL{;Fu s’/fsfgL ug{‘x’Fb} . ;fydf :jfutsf nflu k’u]sf] g]tf gf/fo0fsfhL >]i7 . t:jL/ M /Tg >]i7, /f;;

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको निम्ति अहिलेदेखि नै गाउँगाउँमा परिचालित हुन आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।
माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बुधबार आयोजना गरेको निर्वाचन केन्द्रित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले निर्वाचन केन्द्रित हुँदै पार्टीले गरेका कामलाई जनतासम्म पुर्‍याउन निर्देशन दिए । उनले भने, “अहिले हामी एउटा निर्वाचनको ब्याटलमा जाँदै छौँ, पार्टीको नीति भनेको सडक, सदन र सरकार गरी तीनवटै मोर्चाबाट संघर्ष गर्ने हो, त्यसो गर्दा आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ र नयाँ उपलब्धि पनि हासिल गर्न सकिन्छ ।” संविधानका कतिपय विषयमा असन्तुष्टि हुदाहुँदै पनि नैतिक र राजनीतिक जिम्मेवारीलाई बहन गर्दै निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधार गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार ऐनहरु निर्माण गर्ने र समाजवादको यात्रामा जाने पार्टीको मुख्य उद्देश्य रहेको उनले प्रष्ट पारे ।
पछिल्लो समय निर्वाचन प्रणालीमा देखिएका विकृति र विसंगतिलाई सच्याउने, सुधार गर्नेलगायत पार्टीको अभियान सुनाउँदै अध्यक्ष प्रचण्डले पार्टीको उद्देश्य र अभियानलाई सफल बनाउँदै निर्वाचनमा परिचालित हुन पनि निर्देशन दिए । अध्यक्ष प्रचण्डले भन्नुभयो, “यी हाम्रा उद्देश्य, अभियानलाई सफल बनाउन तपाईंहरु क्रान्तिकारी फोर्सको रुपमा, अनेरास्ववियु क्रान्तिकारीको रुपमा वा स्वयंसेवकको रुपमा जनताको बीचमा पार्टीको मान्यतालाई स्थापित गर्न विशेष निर्देशन गर्दछु, तपाईंहरु टोलटोलमा पुग्नुपर्छ, गाउँगाउँमा पुग्नुपर्छ र जनतालाई एउटा नयाँ चेतनामार्फत जागरुक बनाउनुपर्नेछ ।”
जनवादी क्रान्तिलाई आफ्नै मौलिकतामा आफ्नै ढंगले पूरा गरेको बताउँदै उनले समाजवादी क्रान्तिको नयाँ चरण सुरु भएको र त्यसको नेतृत्व गर्ने जिम्मेवारी माओवादी पार्टीको काँधमा रहेको बताए । अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमार्फत देशको राजनीति, क्रान्तिकारी आन्दोलन, देश र जनताको आवश्यकता, राष्ट्रिय स्वाधीनता, देशको आर्थिक विकास र समृद्धिलाई नयाँ उँचाइमा पुर्‍याउने योजना सुनाए ।

बक्स
जनार्दन–प्रचण्ड घोचपेच

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच घोचपेच भएको छ । बुधबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्रीसमेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो ।
अध्यक्ष प्रचण्डभन्दा अघि बोलेका शर्माले नीति र नेतृत्व सही ढंगले चल्न नसकेको भन्दै असन्तुष्टि जनाए । उनले भने, “म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु,” शर्माले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भनेका थिए, “तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो ।”
प्रचण्डले पनि उनलाई सोही शैलीमा जवाफ फर्काए । उनले भने, “जनार्दनजीले जाँदाजाँदै भन्नुभयो– नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहन्छु– जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सबैले बुझ्न जरुरी छ ।” प्रचण्डले शर्माको रक्षा र विकास गर्ने कुरामा आफ्नो मुख्य भूमिकालाई नबिर्सन चेतावनी दिए ।
कार्यक्रममा शर्माले आफूलाई उपमहासचिव बनाइएकोमा असन्तुष्टि पनि पोखेका थिए । उनले उपमहासचिवको रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा कार्यक्रममा उपस्थित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्