राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल निर्वाचित «

राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल निर्वाचित

राउण्ड टेवल नेपालको २२औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । १८ भदौमा सम्पन्न साधारणसभाले राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन् ।
निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए । साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्