Logo

बजाजको चाडपर्व लक्षित योजना सार्वजनिक

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित योजना सर्वजनिक गरेको छ ।
कम्पनीले ग्राहकका लागि ‘बजाज आधाको आधा’ नामक ग्राहक योजना ल्याएको हो । जस अन्तर्गत ग्राहकलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाइक लैजान सक्ने सुविधा दिइएको छ ।
यस योजना अन्तर्गत हरेक बाईकको खरिदमा सात हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्