नेप्से परिसूचक ११.९७ अंकले गिरावट «

नेप्से परिसूचक ११.९७ अंकले गिरावट

पछिल्लो एक सातादेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधबार पनि घटेर कारोबार बन्द भएको छ ।
बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७० अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट ०.५२ अंक घटेको छ ।
यसदिन कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत गिरावट हुँदै आएको छ । मंगलबार १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
बुधबार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ । तर व्यापार उपसमूहको परिसूचक २.४३ प्रतिशत घटेको छ ।
बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि सनराइज फस्ट म्यु्चुअल फण्डको इकाइमूल्य ७.७२ प्रतिशत बढेको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ६.३८ प्रतिशत बढेको छ । यता, प्राइम कमर्सियल बैंकको ऋणपत्रको मूल्य ५.८८ प्रतिशत घटेको छ । त्यस्तै, उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ । यसदिन नेपाल टेलिकमको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्