के ग-यो एनआरएनएले «

के ग-यो एनआरएनएले

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा अधिवेशन हालै सम्पन्न भएको छ । सो अधिवेशनले भवन भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति गठन समेत गरिसकेको छ । 

यो अधिवेशनबाट एनआरएनएलाई नयाँ कार्यदिशामा लैजाने समेत निर्णय भएको छ । एनआरएनएको १४ वर्षे यात्रामा संस्थाले विदेशमा रहेका नेपाली र नेपालको आर्थिक तथा सामाजिक समृद्धिका लागि कस्ता काम गरे भन्ने विषयले नै यसको भावी योजना अघि बढाउने देखिन्छ । विगत डेढ दशकको अवधिमा एनआरएनएले संस्थाको सञ्जाल विस्तार, लगानी र सामाजिक तथा विपत व्यवस्थापनमा काम गरेको देखिन्छ ।

असोजको अन्तिम साता सम्पन्न अधिवेशनमा निवर्तमान महासचिव डा. बद्री केसीले प्रस्तुत गरेको संस्थाको २ वर्षे प्रगति विवरणमा संस्थाले राष्ट्रिय समन्वयन (एनसीसी) को सदस्यता संख्या अघिल्ला वर्षको तुलनामा ३५ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ । एनआरएनएमा पञ्जिकृत सदस्य बढ्नु भनेको संस्था विस्तारै बलियो, विश्वासिलोे र अझ संगठित बन्दै छ भन्ने हो ।

२०१५ देखि २०१७ सम्मको कार्यकालमा इजिप्ट, ब्राजिल, जोर्डन, चिली, इक्वाटोरियल गुनिया र वानुभातु गणतन्त्रमा नयाँ एनसीसी विस्तार भएको छ । हालसम्म ७८ देशमा एनआरएनएको संगठन विस्तार भइसकेको छ । सन् २००९ देखि १९ हजार ४०८ सदस्यबाट विस्तार भएको सदस्य संख्या सन् २०१७ सम्म आइपुग्दा दर्ता रहेका सदस्य संख्या ७१ हजार पुगेको छ ।

सामाजिक सेवा 
एनआरएन र एनआरएनएले स्थापना कालदेखि नै नेपालमा विभिन्न क्षेत्रमा राहत, उद्धार तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ । संघले केही महिनाअघि तराई क्षेत्रमा आएको बाढी तथा डुबान क्षेत्रमा ३ करोड ४३ लाख २६ हजार रुपैयाँ खर्च गरेर राहत तथा उद्धार कार्यक्रम सञ्चालन गरेको थियो ।

यो सहयोग कार्यक्रम सप्तरी जिल्लाका बोदेबर्साही, तिलाठी, कोममध्यपुरा, तिरहुत र कोबसाइन क्षेत्रमा राहत तथा उद्धारको काम गरेको थियो । सो क्षेत्रका ३४ हजार घर बाढी र डुवानको चपेटामा परेका थिए भने ८ अर्बको कृषिजन्य क्षति भएको थियो । सो क्षेत्रमा संघले ४ हजार ५ सय परिवारका २० हजार जना राहात तथा उद्धारबाट लाभान्वित भएका थिए ।

सो क्षेत्रमा १ लाख किलो चामल, १० हजार किलो दाल, ४ हजार किलो नुन, ४ हजार लिटर खाने तेल, ४ हजार वटा पानी प्रशोधन बोटल, १ हजार ५ सय जनालाई स्वास्थ्य सेवा, ४ हजार ५ सय थान झुल र २ हजार थान त्रिपाल वितरण गरिएको थियो । 

सबैभन्दा ठूलो लाप्राक परियोजना 
एनआरएनएले २ वर्षअघि नेपालमा गएको महाभूकम्पपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धारमा नेपालीका लागि नेपाली नै हुन् है भन्ने नारालाई चरितार्थ गरेको थियो । भूकम्प गएको दोस्रो दिनदेखि नै विश्वभर छरिएर रहेका नेपाली उद्धार र राहतका लागि गाउँ गाउँमा पुगिसकेका थिए ।

तत्काल गर्नुपर्ने सहयोग मात्र नभएर भूकम्पले घरविहिन भएका नेपालीका लागि आवश्यक क्षेत्रमा आवास निर्माणमा समेत एनआरएनए र एनआरएनले हात अघि बढाए । यसरी नै ठूलो परियोजनाका रुपमा रहेकोे लाप्राकलाई भूकम्पपछिको नमुना बस्ती बनाउने योजनाको ५० प्रतिशत भन्दा बढी काम समेत एनआरएनएको सहयोगमा पूरा गरिसकेको छ । लाप्राक एकीकृत नमूना बस्तीमा सम्पूर्ण पूर्वाधारसहितको विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, स्थानीय भेषभूषा र संस्कृति झल्कने संग्रहालय लगायतका संरचना बनाउने योजना रहेको छ ।

निर्माण गरिने संरचनाहरू स्थानिय मौलिक कला तथा वास्तुकलामा आधारित हुने संघले जनाएको छ । सो क्षेत्रका बासिन्दाको आयआर्जनका लागि बस्तीमा होमस्टे र सामुदायिक गेष्ट हाउस बनाई गाउँलेलाई आम्दानीको स्रोत समेतको व्यवस्था गरिदिने एनआरएनएको योजना रहेको छ । नमुना वस्ती निर्माणपछि सो क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढ्ने सम्भावना सहित होमस्टे र सामुदायिक गेष्ट हाउस बनाइएको हो । यो योजना मौलिक र अद्वितीय हुने एनआरएनएले दाबी गरेको छ ।

यो पुनर्निर्माण कार्यक्रममा ५७३ घर निर्माण गर्ने योजना हाल सञ्चालनमा रहेको छ । संघले पुनर्निर्माण कार्यका लागि नेपाली सेना र स्थानियको सहयोग लिएको थियो । भूकम्प राहतका लागि विश्वभर रहेका गैरआवासीय नेपालीको ४१ करोडभन्दा बढीको योगदान रहेको संघले जनाएको छ । २ वर्षअघि भारतले नेपालमा लगाएको नाकाबन्दीका बेला मानवीय संकट व्यवस्थापनका लागि २ करोड बराबरको अत्यावश्यक सामग्री सहयोग गरेको थियो ।

एनआरएनए सचिवालय निर्माण
एनआरएनएले विगत लामो समयदेखि महत्वका साथ उठाएको केन्द्रीय सचिवालय भवन निर्माणको काम भइरहेको छ । काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय भवन निर्माणको काम अहिले पनि तिव्र गतिमा अगाडि बढिरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो भवन निर्माणमा २५ करोडको लागत लाग्ने अनुमान गरिएको छ । संघले विश्वभर रहेका गैरआवासिय नेपालीहरूको एकता र भावनाको प्रतिकका रुपमा संघको मुख्यालय रहने जनाएको छ । 

शंखमूल पार्क 
एनआरएनएले वाग्मती नदी किनार शंखमूलस्थित घाटमा वातावरणमैत्री शंखमुल पार्क बनाउने परियोजना समेत शुरु गरेको छ । संघले शंखमूल पार्क परियोजनाको २ करोड २५ लाख रुपैयाँ खर्च गरेर लगानी शुरु गरेको छ ।

पार्क निर्माणको लागि निभा कन्सट्रक्सन प्रालिलाई चयन गरी उद्यान निर्माण सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, स्थानिय समुदाय र सरोकारवालाहरूसँग सहकार्य र समन्वयन गर्ने कार्य सम्पन्न गरेको छ ।

शंखमुलमा सानासाना पोखरीहरू, चौबिसै घण्टा पानी बग्ने शंखमुल धारा पनि बन्ने जनाएको छ । करिब ३२ रोपनि क्षेत्रफलमा यो पार्क पैmलने छ ।
यो पार्क वाग्मती नदीको बंगलामुखी जाने पुलदेखि पूर्वतर्पmको ३२ रोपनी क्षेत्रमा निर्माण गर्न लागिएको हो ।

परियोजनाको काम अघि बढाउन अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समिति र गैर आवासीय नेपाली संघबीच समझदारीपत्रमा हस्ताक्षर भएर काम समेत शुरु गरिएको हो । सो पार्क बाग्मती सभ्यताको संरक्षण तथा प्रवद्र्धनमा संसारभर फैलाउने उद्देश्यले विश्वभर रहेका नेपालीहरूले सहयोग संकलन गरिरहेका छन् । पार्कको पर्यावरण बचाई राख्न विभिन्न जातका वनस्पति लगाई हरियाली बनाईने छ ।

मानवीय सहयोग कार्यक्रम
एनआरएनले लगानी बाहेक मानविय सहयोगका लागि विभिन्न क्रियाकलाप समेत संचालन गर्दै आईरहेको छ । संघको पहलमा हालसम्म महिला र युवा कोषमा ६५ लाख, शिक्षा कोषमा १ करोड, संस्कृति, सम्पदा तथा पर्यटन कोषमा ९६ लाख, उद्धार तथा राहतमा ४ करोड, विपत व्यवस्थापनमा २ करोड र अन्य सामाजिक कोषमा ६७ लाख भन्दा बढी संकलन गरेर ९ करोड ५८ लाख भन्दा बढी संकलन गरिसकेको छ ।

यसरी नै नेपालमा विभिन्न कार्यक्रम र परियोजना संचालन गर्न नेपाली सेना, यूनएन वुमन, नेपाल ओलम्पिक कमिटी, नेपाल एकेडमी र वैदेशिक रोजगार कोषसँग सम्झौता गरेको छ । 

अतिथि देवो भवः
नेपालमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले एनआरएनएको अतिथि देवो भवः अभियान र नेपाल पर्यटन बोर्डबीच सन् २०१७ मार्चमा सम्झौता भएको थियो । हाल करिब ४० लाख नेपाली विश्वका विभिन्न देशमा बसोबास गर्छन् । तीमध्ये २ लाखले मात्रै तीन जनाको दरले पर्यटक नेपाल पठाए भने ६ लाख थप पर्यटक भित्रिने अवस्था छ । एनआरएनले विभिन्न देशमा नेपाल फेस्टिबल, बुद्ध नेपाल र सगरमाथा दिवस मनाएर अतिथि देवो भवः सफल बनाउने योजना अघि बढाएको छ ।

यस अभियानमार्फत नेपाल आउने पर्यटकको पहिचानका लागि ‘अतिथि देवो भवः’ अंकित विशेष लोगो लगाएर पठाइने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० भाषामा अनुवाद हुने आइप्याड राखेर भाषागत कठिनाइको समाधान गरी शुरु गरिएको थियो ।

‘अतिथि देवो भवः’ अभियान अन्तर्गत पर्यटकीय नगरीहरू सौराहा, काठमाडौँ, पोखरा र लुम्बिनीमा एकैसाथ ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गरिएको थियो । विदेशबाट पर्यटक पठाएर मात्रै हुँदैन, उनीहरूलाई राम्रो आतिथ्य दिनुपर्छ । स्वागत सत्कार राम्रो भयो भने मात्र पर्यटक दोहो¥याएर आउँछन् भन्ने अभियानको लक्ष्य रहेको छ । सरकारले सन्् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरिसकेको छ ।

सो वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई पूरा गर्न पनि अतिथि देवो भवः अभियानमार्फत अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवद्र्धनात्मक प्रभावकारी हुने देखिएको छ । पर्यटकीय सम्पदाले मात्र होइन, सत्कारमा पनि नेपाल अगाडि छ भनेर देखाउन तथा आफ्नो संस्कृतिका रूपमा रहेको अतिथि देवो भवःलाई बाह्य देशमा चरितार्थ गर्न पनि अभियानको महत्व रहेको छ ।

वैदेशिक रोजगार सहयोग कार्यक्रम
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले आर्जन गरेको पैसा जम्मा गर्न कर्मचारी सञ्चय कोषसँग सम्झौतामा हस्ताक्षर गरिएको थियो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र कर्मचारीको बचतलाई कोषको दायराभित्र ल्याउन एनआरएनए र कोषबिच सम्झौता भएको हो ।

यसरी नै वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको राहत र उद्धारका लागि स्थापना गरिएको वैदेशिक रोजगार राहत कोषमा सहयोग ल्याउन पहल भईरहेको छ । कोषमा हालसम्म १ करोड ३१ लाख संकलन भईसकेको छ । यसरी नै वैदेशिक रोजगारीमा जाने र गएका कामदारको जानकारीका लागि शुभयात्रा एप सार्वजानिक समेत गरिसकिएको छ ।

खुला विश्वविद्यालय 
लामो समयदेखि खुला विश्वविद्यालय स्थापनाको माग भइरहे पनि नेपालमा भर्खर मात्र एनआरएनएको पहलमा ऐन पारित भएको छ । नेपालमा लामो समयदेखि नै खुला विश्वविद्यालय स्थापना गर्ने नीतिगत आधार तयार भएको थियो ।

खुल्ला विश्वविद्यालयको परिकल्पनाले प्रवासी बौद्धिक र श्रमजीवी समुदायहरूको भावनालाई खास रूपमा समेटेको छ । एनआरएनएले यो अभियानलाई सफल बनाउन सन्् २०१० देखी परियोजना बनाएर नेपाल सरकारसँग सहकार्यका लागि वार्ता अघि बढाएको थियो । दुवै पक्ष सहकार्यका लागि तयार भएपछि सरकार र संघले एक संयुक्त घोषणापत्रमा सार्वजनिक रूपमा हस्ताक्षर गरेर तथा खुला विश्वविद्यालय स्टियङि समिति गठन गरेर यो कामलाई अघि बढाइएको थियो ।

संघको कार्यदलका संयोजकका रुपमा डा. प्रमोद ढकाल संघको स्थायी प्रतिनिधि बनेर नेपाल सरकार, शिक्षा मन्त्रालय परिसर केशर महलमा सो समितिको कार्यालय स्थापना गरेको यसका लागि पहल गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्