माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम «

माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम

माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एमआरबी’ सफलतापूर्वक सम्पन्न भएको छ ।
शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड मोटो भ्लगरसँग राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो । राइडमा नेपालमा विभिन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो ।
सो राइड कार्यक्रम भक्तपुरको राधेराधेदेखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो । कार्यक्रममा पछिल्लो समय युवाहरु माझ निकै चर्चित मोटो भ्लगर विविदजंग थापा (एमआरवि) सँगै नायिका स्वस्तिमा खड्का, नायक निराजन प्रदानको समेत उपस्थित थिए ।
कार्यक्रममा र्‍याप समूह ट्रिपी ग्याङ तथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुतिसमेत दिएका थिए । माइपे का सिइओ मनोज मेहताले नेपाली युवाहरु माझ लोकप्रिय माइपे वालेटले आगामी दिनमा युवाहरुको चहाना र आवश्यकतालाई मध्यनजर गर्दै थप सुविधाहरु थप्दै लगिने जानकारी दिए । माइपेका विजनेस तथा मार्केटिङ हेड रोशन सिग्देलले युवाहरुमाझ लोकप्रिय बन्दै गएको माइपे वालेटले युवाहरुकै इच्छा बमोजिम राइड कार्यक्रम आयोजना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्