ग्लोबल आइएमई बैंकको एटीएम बुटवलको देवीनगरमा «
Logo

ग्लोबल आइएमई बैंकको एटीएम बुटवलको देवीनगरमा

ग्लोबल आइएमई बैंक देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ । उक्त एटीएम सेवाको बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । एटीएम सेवा समुद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्‍याउने बताए ।
मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्