महालक्ष्मी विकास बैंक र ओम हस्पिटलबीच सम्झौता «

महालक्ष्मी विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ओम हस्पिटल तथा रिसर्च सेन्टरसँग एक सम्झौता गरेको छ ।
बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक बाबुकाजी कार्कीले उक्त पत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने बैंकले जनाएको छ ।
सामान्य स्वास्थ्य परीक्षण, प्याथोलोजी, रेडियोलोजी, अल्ट्रासाउन्ड, मेमोग्राम, ईसीजी, ईको, इन्डोस्कोपी, कोलोनोस्कोपी, दन्तसेवा, शल्यक्रियालगायत बेड चार्जमा बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले आकर्षक छुट प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्