व्यावसायीक सचेतनामा दाङ उवासंघ «

व्यावसायीक सचेतनामा दाङ उवासंघ

दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायीक सचेतना सुरु गरेको छ । संघले सोमबारबाट सचेतना अभियान सुरु गरेको हो ।
संघले यसअघि पनि निरन्तर व्यवासायीक सचेतना अभियान गर्दै आएको छ । संघले व्यवसाय गर्दा आइपर्ने समस्या, व्यवसाय गर्दा हिसाव किताव कसरी राख्ने, व्यवसायमा पर्न समस्या समाधान उपायलगायतका विषयमा जानकारी दिने जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले बताए । व्यवसायीलाई सहज होस भन्ने उद्दश्यले घरदैलोमा नै सचेतना अभियान थालिएको अध्यक्ष बुढाथोकीले बताए । यसले व्यवसायीलाई परेका समस्याका बारेमा जानकारी लिन सहज हुने उनले बताए ।
राज्यका सबै निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्न व्यवसायीलाई संघले अनुरोध गर्दै आएको छ । विना दर्ता गैर कानुनी रुपमा व्यवासाय नगर्न समेत संघले आग्रह गर्दै आएको छ । दर्ता भएर नविकरण नभएकालाई समयमा नविकरण गर्नसमेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्