सबैको लघुवित्त वित्तीय संस्थाको गोष्ठी

तनहुँको डुम्रेमा प्रधान कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले पोखरामा योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न गरेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीको समीक्षासहित आगामी आर्थिक वर्ष ०७६।७७ को योजना तर्जुमा विषयमा छलफल सम्पन्न गरे छ ।
गत बिहीबारदेखि शनिबारसम्म पोखरामा सञ्चालन भएको उक्त गोष्ठीमा संस्थाका कुल ३८ शाखाका शाखा प्रमुखहरूले आ–आफ्नो शाखाको लक्ष्य तथा प्रगति विवरण र आगामी आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले बताए ।
संस्थाका सञ्चालक भवनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न योजना तर्जुमा गोष्ठीमा वर्तमान समयमा लघुवित्तमा देखिएका समस्या र चुनौती तथा समाधानका उपायहरूबारे विस्तृत रूपमा छलफल गर्दै संस्थाको आगामी आर्थिक वर्षको कार्ययोजना अनुरुप कार्य गर्न ३८ शाखाका शाखा प्रमुखहरूलाई आग्रह गरिएको सबैको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवककुमार पौडेलले बताए ।