Logo

टिभिएस नेपालको नयाँ योजना सार्वजनिक

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना २० भदौबाट देशभर सीमित अवधिको लागि ल्याइएको हो । यस योजनाअन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको बताइएको छ ।
हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियल मि सी ३० स्मार्ट फोन प्रदान गरिने छ । साथै, कम्पनीले हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा चार हजार दुई सयको मासिक इएमआइमा ग्राहकले बाइक तथा स्कुटर किन्न सक्नेछन् । विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरू छन् ।

प्रतिक्रिया दिनुहोस्