समृद्धि फाइनान्सको शाखा इटहरीमा «

समृद्धि फाइनान्सको शाखा इटहरीमा

समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखा सुनसरीको इटहरीमा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सो शाखाकोे उद्घाटन गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश–१ कार्यालयकी प्रमुख मिना पाण्डे, इटहरी उ.वा. संघका अध्यक्ष भीम पौडेल, वडा नं ६ का वडाध्यक्ष दिवश पोखरेलसहित विभिन्न व्यक्ति उपस्थित थिए । फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले फाइनान्सले चाँडै नै देशका विभिन्न स्थानमा नयाँ शाखा विस्तार गर्ने बताए ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनापनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्