Logo

सिद्धार्थ बैंकले सी–आस्बा शुल्क नलिने

पछिल्लो समय आईपीओ भर्दा सी–आस्बा शुल्क नलिने बैंकको संख्या बढ्दै गएको छ । यसै क्रमा सिद्धार्थ बैंक पनि सी–आस्बा शुल्क नलिने बैंकको सूचीमा थपिएको छ । यो बैंकहरूले आईपीओ भर्ने ग्राहकले तिर्नुपर्ने सी–आस्बा शुल्कमा पूरै छुट दिने भएका छन् ।
योसँगै सी–आस्बा सेवा नि:शुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ । आईपीओ भर्दा लाग्ने शुल्क एनआईसी एशिया, राष्ट्रिय वाणिज्य, कुमारी, नबिल, सानिमा र नेपाल बैंकले नलिने घोषणा गरिसकेका छन् ।
यसअघि, सिद्धार्थ बैंकले सी–आस्बावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई नि:शुल्क गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्