मेगा बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता «

मेगा बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यो सम्झौतापछि मेगा बैंकका ग्राहकहरूले घर, गाडी, उद्योग व्यवसाय, स्टकलगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरूलाई सुविधा हुने मेगा बैंकको विश्वास लिएको जनाएको छ । ग्राहकहरूले मेगा बैंकका देशभरिका शाखाबाट युनाइटेड इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्